देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तनहुँ घटना एवं सरकारको ज्यादतीका बिरुद्ध नेविसंघको प्रदर्शन

0

काठमाण्डौं – तनहुँ घटना प्रकरण एवं वर्तमान सरकाको विकृति बिसंगती, भ्रष्टाचार एवं ज्यादतीका बिरुद्ध नेपाल विद्यार्थी संघले बिहीवार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पस बाट सुरु भएको र्‍याली कोटेश्वर चोकमा पुगि कोणसभा सहित समापन गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले केपी ओलि नेतृत्वको कम्युनिस्ट सरकार पुर्ण रुपमा सर्वसत्तावाद तर्फ उन्मुख भएको बताउँदै नागरिकको स्वतन्त्रता माथी बन्देज लगाउने , बिनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओलि नेतृत्वमा पंन्चायती या राणाकालिन भुत सवार भएको बताए । तिमल्सिनाले तनहुँमा पार्टी बरिस्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरि अभद्र व्यबहार गरिएकोमा देशभरका साथिहरुलाई आन्दोलित हुन आह्वान गरेका छन् ।

पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले पछिल्लो समयको घटनक्रमले प्रहरी प्रशासनको विश्वासनियता माथी ठूलो प्रश्न उठेको भन्दै वर्तमानमा नेपाल प्रहरीले कुनैपनी घटना इन्भेस्टिकेसन गर्ने नैतिकता गुमाइसकेको भन्दै बलत्कारी हत्यारा तस्करी हरुको संरक्षण गर्ने तर इतिहासमा कुनै दाग नलागेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर सरकारले देशको बेइज्जत गरेको छ । यो लोकतान्त्रिक ब्यबस्थाको उपहास हो भन्दै ढुंगेलले सबै लोकतन्त्र प्रेमिहरुलाइ आन्दोलित हुन अपिल गरेका छन ।

सभामा नेविसंघ महामन्त्री बलदेव तिमल्सिना , पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल , नेताहरु रामकृष्ण खड्का , मनिष रायमाझी , एन्जर कार्की , राम केसि लगाएतले सम्बोधन गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार