देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तनहुँ व्यासको मेयरमा कांग्रेसका न्यौपाने ३०९ मतले अघि

0

काठमाडौं – तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बैकुन्ठ न्यौपानेले मतान्तर बढाएका छन्। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशी र न्यौपानेबीच मतगणनाको सुरुबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर समेत रहेको तनहुँको व्यासमा सुरुदेखि नै स्वतन्त्र उम्मेदवार जोशीले अग्रता लिएका थिए।  आइतबार १० बजे सार्वजनिक भएको मतपरिणाममा भने न्यौपानेले तीन सयभन्दा बढी मतले अग्रता लिएका छन्।

निवर्तमान मेयर न्यौपानेले १० हजार १८५ मत पाएका छन् भने जोशीले नौ हजार ८७६ मत पाएका छन्।मेयर उम्मेदवार दीपकराज कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्।

व्यासको १४ वडामध्ये अहिले १ देखि ९ सम्मका वडाहरूको मतगणना सकिएको छ। जसमध्ये ६ वटा वडामा अध्यक्षसहितको प्यानल कांग्रसले जितेको छ भने तीन वटा वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरमा अहिले १०, ११, १२, १३ र १४ को मतगणना चलिरहेको छ।

उपमेयरमा भने कांग्रेसकी इन्दीरा दरैले अग्रता लिएकी छिन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार