देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन ?-जितेन्द्र नारायण देव

0

काठमाडौं – राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको समस्याले संसद किन विघटन भन्दै प्रश्न गरेका छन् । उनले शुक्रबारको राष्ट्रियसभा बैठकमा तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन भयो ? भन्दै प्रश्न गरेका हुन् ।

राष्ट्रियसभा बैठकमा उनले भने, ‘नेपाली जनताको त्याग तपस्या र बलिदान २००७ साल पश्चात् निरन्तर संघर्ष आन्दोलन, मधेश आन्दोलन जनयुद्ध र लोकतन्त्र ल्याएको अवस्थामा यो नै समाप्त हुने लक्षण आकाशमा मडारिएको छ । वर्तमान राजनीतिको अवस्थाको बारेमा केपी शर्मा ओली सरकारले वेवास्ता गरेको छ ।’

राजनीतिक सन्दर्भलाई लिएर उनले भने, ‘म पनि एउटा कानूनको विद्यार्थी हूँ, ७६ को १ देखि १० मा कहिँपनि बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइएको छैन । संसदलाई जाँचको मौका दिँदा फेल भयो भने मात्रै त्यो बिन्दुमा प्रतिनीधिसभा विघटनको प्रस्ताव लिएर राष्ट्र पतिकहाँ जाने हो । यसअघि ३ पटक यो घटना भएको भन्दै हामीले यो गरेका थियौँ । तर जनताको सार्वभौमसत्ता जनताको प्रतिनीधि बस्ने ठाउँ मर्नु वा मारिनु हुन्न ।

उनले संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘समृद्ध नेपाल सुखी नेपाली नारा बहुतै राम्रो छ तर सरकार दरिद्र नेपाल दुखी नेपाली को अवधारणामा जान्छ कि ? भन्ने मेरो आशंका कोभिडको बेला प्रष्ट भयो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार