देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तमु ल्हाेसारकाे अवसरमा प्रधानमन्त्री देउवाको शुभकामना

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाउँदै पर्व मनाउन पनि प्रधानमन्त्री देउवाले आफ्नो शुभकामना सन्देशमा आग्रह गरेका छन् ।

‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ । विविधताभित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन् । यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

हरेक साल पुस १५ मा गुरुङ समुदायमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु यो पर्व मनाउने चलन रहेको छ ।

तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार