देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तस्करीको जालो तोड्न इन्स्पेक्टर थापा सक्रिय, खाद्यान्नको ट्रयाक्टरमा ३०० कार्टुन मदिरा बरामद

0

धर्मेन्द्र प्रसाद यादव/विरगंज – पर्सा प्रहरीले ठूलो मात्रामा कस्तुरी नामको मदिरा र ट्रयाक्टर बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक दीपक थापाको कमान्डमा खटिएको प्रहरी टोलीले पर्साको छिपहरमाई गा.पा.वडा नं.२ भिष्वा बञ्जारीबाट ३०० कार्टुन कस्तुरी रक्सी बरामद गरेको हो ।

भारततर्फ प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्रयाक्टरमा नेपाली कस्तुरी लैजाँदै गरेको छ भन्ने विशेष सुराकीको आधारमा पोखरियाबाट खटिएको प्रहरी टोलीले आज (बिहीबार) दिउसो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओम प्रकाश खनालले जानकारी दिए।

बाहिर खाद्यान्न सामाग्री ढुवानी भनेर लेखिएको ट्रयाक्टर दशगजा क्षेत्रमा रोकेर तलासी लिंदा ट्याक्टरमा कस्तुरी लेखिएको मदिरा ३०० कार्टुन बरामद गरेको छ । प्रहरीका अनुसार रोक्ने क्रममा चालक फरार भएको थियो ।

बरामद गरिएको ट्रयाक्टर र रक्सीको मूल्याङ्कन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ ।

पक्राउ परेको ट्रेक्टर र कस्तुरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको साथै,उल्लेखित ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार