देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ताइवानले च्याङ काई सेकका सात सय ६० सालिक हटाउने

0

काठमाडौं – ताइवान सरकारले दशकौँसम्म शासन गर्ने सैन्य तानाशाह च्याङ काई सेकका सालिक हटाउने वाचा गरेको छ ।

ताइवानका विवादास्पद शाषक च्याङको शासनकालमा भएको दमनको अनुसन्धान गर्न सन् २०१८ मा सरकारले एक संक्रमणकालीन न्याय समिति गठन गरेको थियो । च्याङले सन् १९२९ देखि १९४९ सम्म मूलभूमि चीनका राष्ट्रपति च्याङ कम्युनिस्टहरूसँग गृहयुद्धमा हारेपछि ताइवानमा सरेका थिए । त्यहाँ उनले मार्सल कानुन लगाएर सन् १९७५ सम्म मृत्युपर्यन्त शासन गरे ।

संक्रमणकालीन न्याय समितिले गरेका विभिन्न सिफारिसमध्ये सार्वजनिक स्थलमा रहेका च्याङका हजारौँ सालिक तथा मूर्तिहरू हटाउने विषय पनि थियो । सोमबार ताइवानको विधायिकामा बोल्दै क्याबिनेट अधिकारी सिह पुले गृह मन्त्रालयले छिट्टै बाँकी रहेका ७६० च्याङका मूर्ति हटाउने बताए । तथापि सरकारले यो काम द्रुत गतिमा अघि नबढाएको भन्दै आलोचना हुँदै आएको छ ।

च्याङको शासनकाल लामो समयदेखि ताइवानमा बहसको विषय रहँदै आएको छ । सन् १९४९ मा चीनको गृहयुद्धको अन्त्य भएपछि च्याङको कोमिनताङ पार्टी (केएमटी) र यसका लाखौँ समर्थक ताइवान भागेका थिए । उनले निर्वासनमा चीन गणतन्त्रको सरकार स्थापना गरे र यहीँबाट सरकार चलाउन सुरु गरेका थिए । पश्चिम र संयुक्त राष्ट्रसंघले समेत लामो समयसम्म ताइवानको चियाङ सरकारलाई नै मूलभूमि चीनको पनि प्रतिनिधि मान्यो । 

सन् १९७५ मा च्याङको मृत्युपछि उनका छोराले ताइवानको सत्ता सम्हालेका थिए । त्यसअघि दशकौँसम्म च्याङको क्रूर मार्सल कानुन लागू थियो, जुन अवधिमा ताइवानका झन्डै डेढ लाख मानिस कैद गरिएको अनुमान गरिन्छ । उनका तीनदेखि चार हजार विरोधीलाई मृत्युदण्ड दिइएको थियो । नयाँपत्रिका दैनिक

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार