देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तानातानमा गगन

0
<p>फाइल तस्विर</p>

फाइल तस्विर

काठमाण्डौं – प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको १४औं महाधिबेशनको सरगर्मी बढेसँगै जुँगाको लडाइँ थप चर्को बनेको छ । अहिलेसम्म काँग्रेसमा दर्जन भन्दा बढी नेताको नाम त सभापतिकै उम्मेदवारको चर्चामा छ । तर, जतिधेरै सभापति भए त्यति नै महामन्त्रीको भाउ बढेको छ । महामन्त्रीमा भाउ बढेका व्यक्ति मध्ये गगनको भाउ अली उच्च कोटीमा भएकोले उनी अली बढी तानातानमा परेका छन् ।

कांग्रेस सभापति पदका उम्मेदवारलाई गगनलाई महामन्त्रीको उम्मेदवार बनाउन पाए उनको भोटले आफ्नालाई मत बढ्ला भन्ने लागेको छ । हुन पनि अहिले देशभरिका कांग्ुेस समर्थक युवाले अबको पार्टी सभापति गगन, विश्वप्रकाशजस्ता युवालाई दिनुपर्छ भनेर आवाज उठाइरहेको सुनिन्छ ।

सभापतिमा उठ्ने पहिलो घोषणा विमलेन्द्र निधिले गरेका छन् । र, आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार उठिदिन पनि भनिरहेकै छन् । सभापतिमा उम्मेदवारीको घोषणा गरेका शशांकदेखि शेखर हुँदै प्रकाशमानसम्मले उनैलाई आग्रह गरिरहेका छन् । वर्तमान सभापति शेरबहादुर देउवाको त कुरै भएन, उनले झन् शुरुमै भनेका हुन् । तर, यस विषयमा गगनले कसैलाई जवाफ दिएका छैनन् ।

यसैबीच, गगनसँग सभापति शेरबहादुर देउवाले जुनसुकै काम गर्दा पनि सल्लाह लिन थालेको देउबा निकट श्रोत बताउँछ । पछिल्लो समय गठित विभिन्न विभागमा पनि देउवाले कतिपय व्यक्ति सिफारिस गर्न भनेका थिए । तर, यसले टाउको भने विश्वप्रकाशलाई दुखेको कांग्रेस स्रोतले बताएको छ । विश्वप्रकाश पनि देउवाको क्याम्पबाट महामन्त्रीका आकांक्षी हुन् ।

उता, रामचन्द्र पौडेलहरूभित्र अर्को रमाइलो छ, सभापतिमा उम्मेदवारीको विषयलाई लिएर । शशांक र शेखरले आफैँ सभापति उठ्ने तयारी गरिरहेकाले अब पौडेल गुट भन्ने नै रहने देखिन्न । त्यसैले पनि पौडेलले पछिल्लो पटक पार्टीभित्रको आन्दोलनलाई थप चर्काउन अनशन बस्ने प्रस्ताव राखेका थिए । तर त्यसलाई कोइराला पक्षले खासै मान्यता नदिएपछि यो अवस्था अहिलेका लागि टरेको जस्तो देखिन्छ । तर, अघिल्लो राति देउवाले कुनै विभाग गठन गरे भने भोलिपल्ट पौडेलले त्यसको विरोध गरेकै हुन्छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार