देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ताप्लेजुङ्मा आगामी १५ गतेसम्म निषेधाज्ञा जारी

0

ताप्लेजुङ् – कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासानले ताप्लेजुङमा दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ले सोमबारबाट लागू हुने गरी आगामी १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमण भएपछि एक सातादेखि जिल्ला प्रशासन कार्यालय भवनमा आइसोलेसनमा बसेका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले निषेधाज्ञा जारी गर्दै साँझ ८ देखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न, बजार पसल खोल्न र लामो दूरी बाहेकका यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।

कोभिड–१९ को महामारीका कारण यो वर्ष दशैं, तिहार, छठ जस्ता चाडपर्वमा भेला भई पूजापाठ गर्ने भजनकिर्तन गर्ने अवस्था नभएकाले सामूहिक रुपमा कुनै गतिविधि नगर्न प्रशासनले सर्वसाधारणमा अग्रह गरेको छ ।

सामूहिक रुपमा भेला भई शुभकामना आदानप्रदान, चियापान, शिलान्यास, उद्धघाटन, प्रशिक्षण, सभा–सम्मेलन र बलि पूजा, मूति बिसर्जन जस्ता कार्यपनि नगर्न/नगराउन पनि आदेश दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार