देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तारकेश्वरभित्रका सडक स्तरोन्नती गर्न माग गर्दै बुझाइयो ज्ञापनपत्र

0

मध्यबिन्दु/काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाभित्रका सडकहरुको खराब अवस्थाका विषयमा पटकपटक स्थानीय सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै सरोकारवालाहरुले गुनासो गर्ने गरेका छन् । सडक विस्तारका क्रममा नगरपालिकाभित्रका अधिकांश स्थानमा सडक निकै खराब अवस्थामा पुगिसकेको छ ।

यस क्षेत्रका सडकको स्तरोन्नतीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार विरोध र्याली नै निकाल्यो । राप्रपा तारकेश्वर नगर कमिटीको आयोजनामा पार्टीका युवा नेता राजकुमार खड्काको नेतृत्वमा नेपालटारदेखी बाइपाससम्म निकालिएको र्यालीमा सहभागीहरुले स्थानीय जनप्रतिनिधिको चर्को आलोचना गरे ।
काठमाडौ महानगरपालिका अन्तर्गतको बाइपास देखी नेपालटार पुलसम्मको बाटोमा निकै ठूला खाडलहरु छन् । यो सडक पछिल्लो ५/६ वर्षदेखी मर्मत गरिएको छैन ।

देशको संघीय राजधानीभित्रैको सडकको अवस्था समेत कुनै विकट बस्तिकोभन्दा पनि नाजुक रहेको युवा नेता राजकुमार खड्काले बताए । प्रभावशाली राजनीतिक नेतृत्वको अभावका कारणले पनि तारकेश्वरको समस्या छायाँमा परेको उनको भनाइ छ । नगरपालिकाभित्रको उत्तरी क्षेत्रहरु फुटुङ, साङ्ला, जरङ्खु, काभ्रेस्थली, जितपुरफेदी, नेपालटार लगायत क्षेत्रका अधिकांश सडक लामो समयदेखी कालोपत्रे गरिएको छैन ।

राप्रपाले तारकेश्वर नगरपालिकासँग जोडिने कामपाको सडक स्तारोन्नती गर्न कामपा १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ज्ञापनपत्र समेत बुझाएको छ । अब छिट्टै तारकेश्वर नगरपालिकाभित्रका वडाकार्यालयहरुमा पनि ज्ञापनपत्र बुझाउने तयारी गरिएको खड्काले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार