देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तालमेलको बिषयमा तल्लो तहमा केन्द्रले हस्तक्षेप गर्दैन – कांग्रेस प्रवक्ता महत

0

काठमाडौं – नेपाली काग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तह चुनावमा नेपाली कांग्रेसले पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने बताएका छन् ।

शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी रहँदा प्रवक्ता महतले महानगरपालिका र उपमहानगरमा गठबन्धन गर्ने र उम्मेदवार छान्नेबाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने बताएका हुन् ।

‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षको सिटमा कसरी जान सकिन्छ त्यो तल्लो तहमा नै टुंगो लगाउनुहुन्छ,’ पत्रकारहरूसँगको छलफलमा उनले भने, ‘महानगरपालिका र उपमहानगरपालिका बाहेक तलका अरू तहमा जहाँ अन्य तहलाई छलफल गर्न जिम्मेवारी दिइएको छ । केन्द्रबाट यसो गर उसो गर भनेर निर्देशन जाँदैन ।’

नेपाली कांग्रेसको केन्द्रीय समितिले स्थानीय वस्तुस्थिति र आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरे अनुसार कहाँ कुन दलको कस्तो स्थिति छ, जनाधार के छ त्यसकै आधारमा तालमेल गर्नुपर्ने महतले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार