देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तास खेलिरहेको अवस्थामा थसिखेलबाट ९ जना पक्राउ

0

ललितपुर – तास खेलिरहेको अवस्थामा ललितपुरको थसिखेलबाट ९ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित उत्तम बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राज कुमार महत लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार