देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिज शौभाग्यवतीको मात्र हो भन्ने संस्कारलाई चिर्नुपर्छ कि ?

0
<p>सुशिला नेपाल</p>

सुशिला नेपाल

हरेक पल घडि, बर्तमान आवश्यकता , इच्छा र नारीको सम्मान गर्ने हो भनै शौभाग्य भएकालाई मात्र तिज हो भने बिबाह नगरीएका ति नारीलाई किन तिजको ब्रत बस्नु आवश्यक छ र ? महिलाका लागी मात्र तिज हो भने पूरुषको आयू लामो होस भनी दिनभरी निराहार ब्रतको औचित्य हो र? महिला चाहि रातो सारीमा सजीएर आफनो जिवनसाथीका लागी आयू देवतासग माग्छन अनी पूरुष चाहि अफिसमा त्यो दिन खटिएर परिवारको लागी आर्थीक बलीयो होस भनी काममा ब्यस्त रहन्छन । के पुरुषलाइै त्यो दिन जिवनसाथीसगै बसेर सहयोग अनी सगै रमाउने चलन ल्याउन सकीदैन र?

सवाल शौभाग्यवतीको, कती राम्रा र सून्दर छन ति नारी सजीएर गुडियाको भेषमा आफना श्रीमानको लागी ब्रत बसेकी हुन्छीन । श्रीमान पनी श्रीमतीका लागी ब्रत बस्ने चलन चलीसक्यो कि चल्न नै बाकी छ ?बालेन ले डोजर चलाए झैं अब नयाँ सविधानमा धारा लेखिए झैं अब महिला र पुरुषलाई पनी तिजमा सगै बस्ने घरघरमा नियम चलाइयोस ।

हरेक नारी आफ्ना हक अधिकारका लागी लडिरहदा केहि महिलालाई यसरी बाँधीदिएको छ की न उसका लागी बोलीदिने कोहि छ नत उ आफै आँट गरी अधिकार लिन सक्छीन ।

सन्दर्भ, तिज 

एक महिला आफ्ना आशा भरोशा जिन्दगी सब श्रीमान भनी माइती घर छोडेर पराइ घर आउँदा केहि महिना बर्षमा श्रिमान गुमाएका थिए , छन , तर उनीहरुलाई भनीयो कि त बिधुवा होस रातो लगाउन समाजले दिदैन । हामो इज्जत जान्छ । अझै भनौं परिवार बाटै बहिस्कार गरिन्छ । किन बिहे अगाडि उनले रातो लगाएकी थिइनन र? चूरामा सजीएकी थिइनन र ? श्रिमती बितेको केहि दिनमा श्रीमान दूलहीको खोजीमा हुन्छन । तर महिलालाई जिवनभर एक्लै बस्नु पर्छ भनेर कुन सविधानमा कोरीएको छ ? हाम्रो समाजले बनाएको संस्कार हो नी यसलाई हटाउन परिवारबाटै सुरुवात गर्न सकींदैन र ?

मनोज गजूरेलका ति मुटु छेडिने शब्दले राष्ट्रपति लगायत ति भिडियो हेर्नेहरुमा कस्को आँखा रसाएनन् होला र ? यी शब्दका कारण आज केहि लेख्ने प्रयास गर्दैछु । बुवाका मुख हेर्ने दिन ति आमालाइ हेर बुवा र आमा समाजका लाल्छना र नकरात्मक सोचका मानीसहरुलाई जेल्दै आफना छोरा छोरीका लागी जिवन आफ्ना इच्छा सतीको नाम झैं जलाउदै जिउँदो लास होस तर उसका लागी पहाड फोरीने तागत राखी आफना छा्ेरा छोरीका लागी जिवन नै सुम्पीएर सेतो पहिरन र समाज बाट केहि टाढा बसे झैँ भान गरी पलपल उसका मन मा इच्छा चिहान सम्म पुर्याउन बाध्य यही समाजको नियमले बाँधीएकी छन ।

न उसको मनले फुकुवा भएर राता पहिरनमा सजीन सक्छीन नत कसैले भन्न नै सक्छन जब तिज आउछ । उसलाई छटपटीमै रहन्छीन । न तीज न दशै उसका आखाामा आसू रोकीदैन तर रुदा पनी कोहि बाट प्रश्न सोधीदैन किन अधेरो छ अनूहार भनी । के उसका इमोसन बुझ्न कुरा सुन्न हेरचाह गर्न कोहि नभएर होकी, भएर पनी बास्ता नगरिएको हो ? तिज सबैका लागी समान हुनुपदर्छ यहाँ सम्वन्धबिछेद पनी एकल महिला भनेर चिनीन्छ । श्रीमान नभएका लाइ बिधुवा तथा एकल नै भनेर चिनीन्छ । र बिहे नगरीएका नारी पनी एकल नै हून । के शौभाग्यवतीका लागी मात्र तिज त पक्कै होइन । कि मै गलत पनी हून सक्छु ? । यदि छु भने सच्चाइदिनु होला । फरक पर्छ ति महिलालाई जसलाइ परिवार समाज र साथीभाईको सहयोग छइन अझैपनी केहि बिधूवा एकल नारी राता पहिरन लगाउन हिच्कीचाउछन किनकी समाजको परिधीले आफनाको साथको अभावले , आफू नै दूविधामा परी आफना रहरहरु रातमा झरेका आसूसगै झारी दिन्छीन ।

एक परिवारको २० बर्षमा बिधूवा भइन १३ दिनको काममा उसलाइै सासूससूराले रातो कपडा टिका सबै श्रिङ्गारका सामाग्री दिई लगाउन दिएपछि समाजमा निन्दा सूरु भयो कस्ता ४५ दिन नहूदै रातो लगाइदिने भनी कूरा काटन थालीयो । तर ति नारी एकल भएर पनी उसका मन मा जति पिडा भएपनी अरु सम्मान छु म अरु झै राता पहिरनमा सजीएकी छु भन्ने सोच राखीन उसका आत्मवल बढछ । हौसला मिल्छ अरु सगै रमाउने मौका दिने हाम्रो कर्तब्य होइन र ? र हामीलाइ अरुको संवेगलाई कती असर पार्छ भन्ने हेक्का नै नराखी प्याच्च बोल्छौं । किन सक्दैनौं नराम्रा सस्कार हटाउन किन गर्दैनौं प्रयास दुखी मनलाइै सम्झाउन । दुनीयाँले हेर्ने गिद्दे नजर हट्छ भने यती साहस त सबै घर परिवारको माया र साथ त पक्कै दिन सकीन्छ की ?

हाम्रा चार्डवाडको नाममा रक्सी र मासु गहना र सारिमा ध्यान गइरहदा कतीपय घरमा एक छाक मिठो खाना नी नपाउदा ति महिलालाई कती मानसीक तनाव उत्पन्न होला । हामी दुनीयाँलाइ गहना र सारी देखाउन फेसबूकमा राखेर अरुलाई जलन गराउने खोज्ने प्रवृतीले तिजलाइ आधुनिक भन्दा पनी बिकृति तर्फ मोडिरहेका छौं की ?

हरेक नारी र महिला सबैलाइै समान र पूरुषलाई पनी तिजमा बिदा पाउन पदर्छ । र राम्रा चाडपर्व लाई समाल्दै नराम्रा सस्कार छोडदै देखासिखी र गहनामा ध्यान नदिइ हर्षउल्लासका साथ तिज मनाउनूपदर्छ तिज सबैका लागी हो भन्ने सोचाइ राखी शौभाग्यवती , डिर्भोस गरेका एकल महिला तथा बुढाबुढी, पूरुषका लागी पनी तिज हो भनी एकसाथ भइ रमाउने गरौं । सस्कार र संस्कृती बचाइ राखौ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार