देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिन अध्यक्ष भएको पार्टी बनाउँदै डा. भट्टराई

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – जनता समाजवादी पार्टिबाट अलग भएका नेता डा. बाबुराम भट्टराईले नयाँ दल खोल्ने भएका छन् ।

नेपाल समाजवादी पार्टी नामको नयाँ दल गठनको तयारीमा जुटेका भट्टराईले पार्टीको अध्यक्ष भने तीन जना बनाउनेगरि गृहकार्य थालेका छन् ।

भट्टराईनिकट एक नेताकाअनुसार भट्टराईले नयाँ पार्टीमा खस-आर्य, जनजाति र मधेशीबाट अध्यक्ष राख्ने तयारी गरेका छन् । ती नेताले भने,‘डा. साहेबाट एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव आएको छ ।’

अहिले तीन जना अध्यक्षको लागि हिसिला यमी, गंगा श्रेष्ठ, महिन्द्रराय यादव, राजकिशोर यादवलगायतको नाम चर्चामा छ । ती नेताकाअनुसार आज/भोलिभित्रै पार्टीको अध्यक्षको नाम टुँगो लाग्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार