देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिन मन्त्री सहित मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

0

काठमाडौं – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको पनि समर्थन लिएर थापा मुख्यमन्त्री भएका हुन्।

थापासँगै सभामुखबाट राजीनामा दिएका मा‌ओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना मन्त्री, एकीकृत समाजवादीका सांसद कमल प्रसाद जवेगुले भौतिक पूर्वाधार मन्त्री र कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।

थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भए पनि सभामुखको समेत समर्थन लिएपछि सर्वोच्च अदालतले उनको नियुक्तिलाई बदर गरेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार