देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिब्बत सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल भित्रियो

0

(काठमाडौं) – कोरोना भाइरस विरुद्ध लड्न तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै आठ करोड ३१ लाख बराबरको उक्त सामग्री नेपाल भित्रिएको हो ।

बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री बुधबार नै काठमाडौँ आइपुग्नेछ ।

अनुदान स्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पीपीई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार