देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिलोत्तममा धानको सर्मथन मूल्य कार्यान्वयन

0

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् ।

नगरपालिकाको सहजीकरणमा सहकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्न तयार भएका हुन् ।

मन्त्रालयले गत जेठमैं धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयन नभएको पाइएपछि तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

मन्त्रालयले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैंयां र मध्यम धानको प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

साना किसान सहकारी मार्फत धान खरिद गर्ने गरी मन्त्रालयले निर्देशिका समेत जारी गरिसके पनि सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार