देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण निर्वाचित,उपमेयरमा एमाले

0

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

खाँणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका छन् । उनी गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी जागेश्वरीदेवी चाधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरी उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् ।

तिलोत्तमा नगरपालिकामा वडा नं १, ४, ७, ८, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४ १६ र १७ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । यससँगै रुपन्देहीका १६ वटै स्थानीय तहमा मतगणना सकिएको छ । जसमध्ये १० वटा स्थानीय तहको प्रमुख काँग्रेसले जितेको छ भने ३ वटामा एमालेले जितेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार