देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तीनै तहका रिक्त पदमा उपनिर्वाचन आज

0

(काठमाडाैं) – संघ प्रदेश र स्थानीय तीनै तहका रिक्त पदमा आज (शनिबार) मतदान भईरहेकाे छ । विभिन्न कारणले रिक्त रहेका तीनै तहका पद पूर्तिका लागि अहिले मतदान जारी छ । बिहान ७ बजे देखि उपनिर्वाचन हुने  सबै स्थानमा मन सुरू भएकाे छ ।

निर्वाचन आयाेगका अनुसार मतदाताले अपह्रान ५ जृ सम्म मतदान स्थल पुगेर मत दिन सक्नेछन् । सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मताधिकार प्रयाेग गर्न निर्वाचन आयाेगले सबै मतदातालाई आह्रवान गरेकाे छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १ (क), बागलुङ २ (ख), दाङ ३ (ख) मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार