देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तीनै तहको चुनाव कांग्रेस एक्लै लड्छ – विमलेन्द्र निधी

0

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन् ।

बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताएका हुन् ।

संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौं भने कांग्रेसको सिट कम हुन्छ । त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्लै उम्मेदवारी दिनुपर्छ ।’

‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जबाफदेही छौं,’ उनले भने ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतकाले मन्तव्य राखेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार