देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तीन दिनमा २०८ देश घुमेर विश्व रेकर्ड

0

एजेन्सी – एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्। उनले ३ दिनमा ७ महादेशका २०८ देशको यात्रा गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराएकी हुन्।

संयुक्त अरब इमिरेट्सकी डा. खावला अल रोमाथी नामकी ति महिलालै २०८ देशको यात्रा ३ दिन १४ घण्टा ४६ मिनेट ४७ सेकेन्डमा पूरा गरेकी छन्। डा. रोमाथीले १० फेब्रुअरी २०२० मा आफ्नो यात्रा यूएईबाट सुरु गरेकी थिइन्। १३ फेब्रुअरीमा उनले अस्ट्रेलियाको सिड्नीमा यात्रा पूरा गरिन्। गिनिज बुकले उनलाई सबैभन्दा छिटो विश्व यात्रा पूरा गरेको प्रमाणपत्र दिइसकेको छ।

डा. रोमाथीका अनुसार उनका लागि यो यात्रा सहज थिएन। कतिपय ठाउँमा त बीचमै यात्रा छोडेर घर फर्किन मन लागेको थियो। तर पनि आफ्नो परिवार र साथीभाइको हौसला र विश्वासका कारण यात्रा पूरा गरेको उनले बताएकी छन्।

– नवभारत टाइम्स बाट

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार