देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

0

रासस/काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत विनयमोहन क्वात्रा तथा गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि पिल्ले र फेडेरिको सालास लोट्फीले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार