देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तेक्वान्दो प्रतियोगितामा जाल्पा माबिका छात्रछात्रा प्रथम

0

काठमाडौं – चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठे स्थित जाल्पा माध्यमिक बिद्यालयका छात्रछात्रा प्रथम भएका छन् ।

सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि जेठ ११ गते संचालन गरेको प्रतियोगितामा २० वटा पदक प्राप्त गरी उक्त बिद्यालयका बिद्यार्थी प्रथम भएका हुन् ।

एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको जानकारी दिएका छन् । पुरुष उत्कृष्ट खेलाडी तर्फ जाल्पा माबिका ३३ केजी तर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् ।

अन्तराष्ट्रि निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिकालाई तेक्वान्दो खेलमा आर्कषित गर्दे स्वास्थ, अुशासित बनाउदै तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनाउन लागिरहेको बताए ।

सो प्रतियोगितामा यमुनाडाँडा तेक्वान्दो डोजाङ(गणेश माबि), जनजागृति माबि कालिका डोजाङ, बाघभैरव माबि डोजाङ, महेन्द्रकान्ति माबि डोजाङ, जाल्पा माबि डोजाङ, सदाबहार एकेडेमी, सुकुटे तेक्वान्दो डोजाङ, बलेफी तेक्वान्दो डोजाङ लगायतका डोजाङहरु सहभागी थिए । सो गेममा जाल्पा माबि सह–आयोजक रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार