देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तोकियो कांग्रेस नेताहरूको वरीयता क्रम- को-कति नम्बरमा ?

0

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूको वरीयता क्रम सार्वजनिक भएको छ । सार्वजनिक वरीयतामा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा.शेखर कोइरालाको वरीयता २०औँ नम्बर कायम भएको छ ।

१४औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने कोइराला सभापतिमा पराजित भएकोले स्वत: केन्द्रीय सदस्य बनेका हुन्।

यसअघि सभापतिमा पराजित हुने उम्मेदवारलाई दोस्रो-तेस्रो वरीयतामा राख्ने कांग्रेसको परिपाटी भए पनि देउवाले यसपटक शेखरलाई २०औँ नम्बरमा राखेका हुन् । कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित देउवालाई तेस्रो वरीयतामा राखेका थिए ।

पार्टी विभाजनपछि भएको ११औँ महाधिवेशनमा पराजित देउवालाई दोस्रो वरीयतामा राखिएको थियो । १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि उनलाई दोस्रो वरीयतामै राखिएको थियो ।

१३औँ महाधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनै देउवाले दोस्रो वरीयतामा राखेका थिए । तर, शेखर १३औँ महाधिवेशनमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याउने उम्मेदवार हुन् । उनलाई देउवाले पार्टीको वरीयतामा ३६औँ नम्बरमा राखेका थिए ।

यसअघिका महाधिवेशनमा पार्टीको वरीयतामा सभापतिमा पराजित नेता दोस्रो नम्बरमा रहने गरेका थिए । १३ औं महाधिवेशनमा पराजित रामचन्द्र पौडेलको वरियता दोस्रो नम्बरमा थियो ।

त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि देउवाको वरियता दोस्रो नम्बरमा राखिएको थियो । १३औँ महाधिवेशनपछि उनको वरीयता ३५ औं नम्बरमा थियो ।

यस्तो छ वरियताक्रम

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार