देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान भिड्दै

0

(काठमाडौं) – नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज आज (बुधबार) बाट काठमाडौंमा सुरु हुँदैछ । एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसग ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछ ।

कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासंग दुई दुई वटा खेल खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ गते खेल्नेछ । त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।

पछिल्ला दुई महिनादेखि ५० ओभरको क्रिकेट खेल्न नपाएको नेपाललाई अनुभवको खडेरी पर्न सक्छ । दुई वर्ष अघि नेपालले युएईमा ऐतिहासिक सिरिज खेल्दै उपाधि हात पारेको थियो । त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन । नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात वर्षमा ओमानलाई पराजित गर्न सकेको छैन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार