देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

त्रिविका परीक्षा नियन्त्रक जोशीसहित ७ जनालाई कारबाही गर्ने तयारी

0

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित ७ जनालाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ।

त्रिविका पूर्वरजिस्टार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा कारबाही गर्ने तयारी गरेको हो।

कारबाही प्रक्रिया शुरू गर्नुअघि कारबाहीको सिफारिस गरेका परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रकद्वय सुरेशजंग शाही र पवन बराल, शाखा अधिकृत शम्भु दाहाल, नायबसुब्बा एवं गोप्य शाखा प्रमुख दीपक पाण्डे, कर्मचारीद्वय नारायणप्रसाद न्यौपाने र चन्द्रप्रसाद जोशीलाई कारबाही गर्ने तयारी गरेको हो।

स्रोतका अनुसार प्रतिवेदनमा सहपरीक्षा नियन्त्रक शाही र बराल, गोप्य शाखा प्रमुख पाण्डे र दाहाल, कर्मचारी न्यौपाने र जोशीलाई त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम परिच्छेद १० को नियम ८२ बमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ। सहायक प्रशासक भोजराज भट्ट, उप–प्रशासक निलम पोखरेललाई समितिले नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न त्रिविलाई पत्र पठाएको छ।

कारबाही गर्नुअघि पदाधिकारीले हिजो नियन्त्रक र ६ कर्मचारीसँग सोधपुछ गरेको थियो।

अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको १ सय ६५ बढी उत्तरपुस्तिका हराएपछि समिति गठन गरेको थियो। त्यसअघि २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय र शिक्षा शास्त्र संकायतर्फको शिक्षाको आधार विषय पुस्तिकाहरू हराएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार