देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि

0

काठमाडौं – नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार ९८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

उनी हाल होम आइसोलेसनमा रहेपनी उनको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ थालिएको उनले बताइन्। यस्तै, जिन सिक्वेन्सिङ गर्दा २२ जनामा डेल्टा भेरियन्ट देखिएको उनले बताइन्।

यसअघि दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा जम्मा २३६ जनामा कोरोना संक्रमण भएको छ। सोही अवधिमा २७२ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार