देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाण्डौं – पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १३ हजार ६८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८५ हजार नौ सय ७४ पुगेको छ । संक्रमणमुक्त भई आज ३४ सय ३० जना डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ४८ हजार चार सय आठजना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ७९.८ प्रतिशत छ । हाल देशभर सक्रिय संक्रमित ३६ हजार पाँच सय १४ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये चार सय २८ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार