देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण

0

काठमाडौँ – पछील्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय३६ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार २३७ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौँ उत्यकामा थप ८२२ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख सात हजार १२४ पुगेको छ । शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौँका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रबार काठमाडौँ उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौँका तीन रहेका मन्त्रालयलले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाले ज्यान गमाएका छन्  । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गमाउनेको सङ्ख्या एक हजार ४३५ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार