देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप १८ जनामा कोरोना संक्रमण संक्रमित संख्या ३७५

0

(काठमाडौं) – कोरोना भाइरस को संक्रमण थप १८ जनामा देखिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ । यसअघि आज ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार