देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

0

काठमाडौं – पछिल्लो २४ घन्टामा थप  १९ सय ५७ जनामा  कोरोना संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पछिल्लो २४ घन्टाको कोभिड १९ विवरण सार्वजनिक गर्ने क्रममा यसको पुष्टि गरेको हो।

यस्तै सोही अवधिमा कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार मंगलबार थप ५१०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ। पछिल्लो २४ घन्टामा २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार