देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप २ सय ३२ मेट्रिक टन रासायनिक यूरिया मल नेपाल भित्रियो

0

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बिहिबार थप २ सय ३२ मेट्रिक टन रासायनिक यूरिया मल नेपाल भित्रिएको छ । यो मल भित्रिएसँगै रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई केहि राहत मिल्ने भएको छ ।

सोहि नाका भएर बुधबार पनि २ सय ३२ मेट्रिक टन यूरिया मल भित्रिएको थियो । उत्त मल ल्याब टेस्ट गरि बिहिबारै राजधानी पठाईएको छ ।

बिहिबार ८ कन्टेनरमा आएको २ सय ३२ मेट्रिक टन यूरिया मल आज ल्याब टेस्ट गरि राजधानी पठाईने तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले बताए ।

शिल्क मार्केटले चीन बाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।

टेन्डर पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। अहिले बाँकी मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार