देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु

0

काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा‍. कृष्ण प्रसाद पौडेललका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १८ जनाको ज्यान गुमेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१०  गर्दा ९९५ मा संक्रमण देखिएको छ।

कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार