देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ३६ सय ३७ कोरोना संक्रमित, डिस्चार्ज भए ३२ सय १५

0

काठमाडौं – देशभर कोरोना भाइरसका थप ३ हजार ६ हजार ३७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९  पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख २ हजार ८ सय २० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलब २ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ३ सय ३९ जना र होम आइसोलेसनमा ३१ हजार ५ सय ३८ जना रहेका छन् । आजसम्म देशभर ३ हजार ७ सय ५२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार