देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

0

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ६७४ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ७७६ जनाको पिसिआर परिक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एटिजेन्ट परिक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्कमा बताइएको छ ।

सोही अवधिमा ९ जनाको मृत्यु संक्रमितको भएको छ । मन्त्रालयको अनुसार हालसम्म देशभर कुल ११ हजार ७५२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेको स्वास्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार