देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ६ हजार ७ सय जनामा कोरोना संक्रमण, संक्रमण दर ४१ प्रतिशत

0

काठमाडौं – पछिल्लो २४ घन्टामा थप ६ हजार सात सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार सात सय ४७ जनामा पिसिआर र नाै सय ८७ जनामा एन्टिजेन परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा पाँच सय ४७ जना जना संक्रमणमुक्त भएका छन्।

कोरोना सक्रमणका कारण पछिल्लो २४ घन्टामा तीनजनाले ज्यान गुमाएका छन्। हाल देशभर ३० हजार आठ सय ७७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आजको संक्रमणदर ४१ प्रतिशत पुगेको छ ।

आज काठमाडौं उपत्यका मात्र ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन् ।

९ जिल्लामा मात्र सक्रिय संक्रमित ५०० भन्दा माथि छन् । आठ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा माथि छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार