देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ७८ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ७७२

0

(काठमाडौं) – नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार दिउँसो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी गराएका हुन्।

नयाँ थपिएका संक्रमित सुर्खेत, सिरहा, बारा, रौतहट, रुपन्देही, अर्घाखाँची, गुल्मी, स्याङ्जा लगायतका जिल्लाका छन्। अहिलेसम्म देशमा ४६ जिल्लामा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए।

हाल देशभर ५५ हजार दुई सय ८२ जना क्वारेन्टायनमा छन्। त्यसैगरी आइसोलेसनमा पाँच सय २२ जना रहेका छन्।

पछिल्लो विवराण अनुसार ४३ जना वीरगन्जकाे नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म देशभरबाट एक सय ५५ जना डिस्चार्ज भएका देवकोटाले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार