देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ हजार ६४५

0

काठमाडौं – पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुइ महिला सहित ६ जनाको मृत्यु भएको छ ।  काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको २४ घण्टामा मृत्यु भएको हो ।   योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार