देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

0

काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ ।

यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार