देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थुप्रै देशद्वारा बेलायतको यात्रामाथि प्रतिबन्ध

0

काठमाडौं – बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्धको घोषणा गरेको छ । नयाँ प्रकारको भाइरस थप सङ्क्रामक र नियन्त्रण बाहिर गएको विवरण सार्वजनिक भएका छन् ।

आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन् । देश अनुसार कदमहरू केही फरक छन् । फ्रान्सेली कदमबाट युरोटने लमार्फत्‌ हुने रेल सेवा पनि प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाको नयाँ प्रकारलाई लिएर बेलायतका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ । नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ ।

बेलायतमा बाहेक कोरोनाको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले जनाएको छ । कोरोनाको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन।

तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले बेलायतमा लन्डनसहित दक्षिण-पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन् । भाइरसको उत्परिवर्तन सम्बन्धी जारी अध्ययनबारे बेलायतलाई जानकारीहरू दिइरहेको र नयाँ भाइरसका विशेषताबारे थप तथ्य पत्ता लागेसँगै जानकारी गराउने डब्ल्यूएचओले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार