देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थ्री नेसन्स कप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

0

काठमाडौं – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।  दुबै टिमले उपाधिका लागि खेल्ने बताईसकेका छन् । त्यसैले फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ । तर, यसपटक दुवै टोलीको फाइनल यात्रामा गोलको खडेरी देखिएको छ ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

३ खेलमा अहिले सम्म १ गोल मात्र भएको छ । किर्गिस्तानका खेलाडीको आत्माघाती गोलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो । बाँकी दुई खेल गोलरहित बराबरीमा सकियो । नेपालले बंगलादेश र किर्गिस्तान दुवैसँग गोलरहित बराबरी खेलेको थियो ।

फाइनलमा नेपालले दर्शकको साथ र घरेलु मैदानको साथ पाउने पक्का छ । अब त्यसको बदला नेपाली टिमले गोल र ट्रफी जित्दै दर्शकलाई खुशी फर्काउन बाँकी छ ।

नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यसैले पनि नेपाललाई गोल गर्न दबाब हुनेछ । नेपाल र बंगलादेशबीच हालसम्म २४ पटक भेट हुँदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ६ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार