देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दक्षिण कोरियामा क्रिशमस र नयाँ वर्ष लक्षित थप प्रतिबन्ध

0

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दक्षिण कोरियामा क्रिशमस र नयाँ वर्ष लक्षित थप प्रतिबन्ध लगाइएका छन् । क्रिसमस र नयाँ वर्षमा भीडभाड बढी हुने र यसले महामारी थप फैलिन सक्ने भन्दै प्रतिबन्धको दायरा बढाइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संंस्था सिन्हाले जनाएको छ ।

दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय कार्यलयका अनुसार बिहीबारदेखि जनवरी ३ सम्म लागू हुने गरी पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाइएको छ । राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्योनमा घरभित्र वा बाहिर परिवारका सदस्य बाहेक चार जना भन्दा माथि भेला हुन नपाइने र सामान्य भेलालाई पनि रोक लगाइएको छ ।

राति नौ बजेपछि सिनेमा हल बन्द गर्न भनिएको छ । सबै खाले खेलकुद गतिविधिहरूलाई पनि आगामी १० दिन पूर्णतया रोक लगाइएको छ । पर्यटन, पार्क सवारीसाधन बन्द गर्न र होटेल, गेष्ट हाउस र अन्य आवासीय व्यवस्थापनलाई एक तिहाई क्षमतामा मात्र सञ्चालन गर्न भनिएको छ । दक्षिण कोरियामा अहिलेसम्म संक्रमितको संख्या ५१ हजार ४ सय ६० पुगेको छ ।

केन्द्र सरकारले वर्षान्तका समय हुने सामान्यभन्दा सामान्य भेलालाई पनि रद्द गर्न र कोभिड–१९ सङ्क्रमण फैलिन नदिन देशव्यापीरूपमा आग्रह गरेको छ । यसअघि नै निश्चित गरिएका कार्यक्रमहरूलाई पनि सरकारको निर्देशन बमोजिम सम्पन्न गर्न अधिकारीहरूले सुझाब दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार