देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दलहरुबीच सहमति हुन नसक्दा कार्यसूचीबाट हटाइयो संविधान संशोधन प्रस्ताव

0

(काठमाडाैं) – दलहरुबीच सहमति हुन नसकेपछि संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठकमा बुधबार संविधान संशोधन प्रस्ताव पेश हुन सकेन ।

आजको बैठकमा सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव दलहरुबीच सहमति हुन नसकेपछि हटाईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सबै दलहरूबीच सहमति गर्नका लागि हिजो सर्वदलीय बैठक बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारकै कारण संविधान संशोधन विद्येयक संसदमा पेश गर्न ढिलाई भएको बताएको छ ।

राजपा र समाजवादीले संविधान संशोधनमा आफ्नो माग पनि सम्बोधन हुनुपर्ने अडान दोर्होयाए पछि सविधान संशोधनमा दलीय सहमति जुट्न नसकेको हो । जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रियतासँग जोडिएको संविधान संशोधनको विषयमा अन्य मुद्दा नजोड्न आग्रह गरेका थिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सहितको निसान छाप परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । यसैबीच राप्रपाले भने संविधान सशोधन विद्येयकको संशोधन प्रस्तावमा सर्मथन गर्ने निर्णय गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार