देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

0

काठमाडौं – निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मंगलबार बिहान ११:३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो।

आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ। आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललेका अनुसार स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको हो ।

०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो।

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार