देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दलित आयोगले भन्यो- ‘पुजार सार्की’ फिल्म एकपटक हेर्दिनुस

0

काठमाडौं – राष्ट्रिय दलित आयोगले सामाजिक सन्देशमूलक नेपाली फिल्म ‘पुजार सार्की’ हेर्न आग्रह गरेको छ । आयोग अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्तिमार्फत सबै नेपाली भाषी र संसारभरका मानवताप्रेमीले हेरेर शिक्षा लिन सकिने खालको फिल्म बनेको बताएको हो ।

आयोगका पदाधिकारीले केही दिनअघि काठमाडौंको एक हलमा फिल्म हेरेका थिए । फिल्मले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले फिल्म हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन आयोगको आग्रह छ ।

पटकथा लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए । निर्देशक दिनेश राउतले व्यावसायिक उद्देश्य मात्रै फिल्म निर्माणको उद्देश्य नरहेको बताए । दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि फिल्म बनाएको उनको भनाई छ ।

बुधवार भएको विशेष शोमा प्रतिनिधि सभाका सदस्यहरु सन्तोष परियार, ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्वखेलकुदमन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्वराजदूत पदम सुन्दास लगायतले फिल्म हेरेका थिए ।

गत विहीबार रिलिज भएको यो फिल्म दोस्रो सातामा चलिरहेको छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार