देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दलित समुदायकै पहिलो महिला सिडिओ बनिन् सीता परियार

0

काठमाडौं – नेपाल सरकारको उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत परियारले दलित समुदायबाट पहिलो महिला सिडिओ हुन पाउँदा आफूलाई गर्व लागेको उनले बताइन् ।

‘आफ्नो समुदायबाट पहिलो महिला सिडिओ हुन पाउनु गर्वको कुरा हो,’ उनले  भनिन्, ‘गृह मन्त्रालयले जुन जिम्मेवारी दिएको छ, तन, मन र ध्यान दिएर पूरा गर्ने प्रयास गर्नेछु ।’

त्यस्तै, गृृहले नुवाकोट, धनकुटा, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको पनि सरुवा गरेको छ । धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटमा सहसचिव नारायणप्रसाद रिसाल, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रूपमा पठाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार