देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

0

(काठमाडौं) – सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी विद्यमान कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो । तर अब संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी प्रस्तावमाथि छलफल भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार