देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘दशकौ राजनीति गरेका नेताहरूको करियर नै डाउन भइरहेको छ’ – मेटमणी चौधरी

0

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रस्तावित सहरी विकास मन्त्री मेटमणी चौधरीले पार्टीको निर्णय मान्य नहुनेले आफू स्वतन्त्र व्यक्ति भएको बताउन सक्नु पर्ने बताएका छन् ।

पार्टीको निर्णय नै अमान्य बनाउने मन्त्री पदभित्र त्यस्तो के छ भन्दै उनले भने ‘दशकौ राजनीति गर्नुभएका नेताहरू हुनुहुन्छ। उहाँहरूको करियर नै साइज डाउन भइरहेको छ।’ मेटमणीले पार्टीको निर्णयविरुद्ध अरुका नेतासँग गएर ‘भिक्षा माग्ने’काम गलत भएको बताएका छन्।

‘मलाइ विश्वास छैन। उहाँहरूले त्यसो गर्नुभयो भन्ने कुरा’ उनी भन्छन्,‘यो पार्टी अनुशासनविरुद्ध हो। मन्त्री बन्दै गर्दा नै छ महिनाका लागि भन्ने स्पष्ट निर्णय थियो। त्योप्रतिको दायित्वबोध छैन?’ उनीहरुको अभिव्यक्ति सुन्दा चित्त दुख्छ।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकद्वारा मन्त्रिपरिषद् हेरफेरको निर्णय गर्दै पुराना मन्त्री फिर्ता बोलाउने र नयाँ बनाउने निर्णय गरेको थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल कार्यान्वयन नहुने भन्दै सोही निर्णय अस्वीकार गरिदिएका थिए।

त्यसपछि मन्त्री फिर्ता नआएको भन्दै प्रधानमन्त्री र स्वयम् मन्त्रीविरुद्ध प्रश्‍न उठाउन थालिएको छ। आवाज उठाउनेमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाल र नयाँ प्रस्तावित मन्त्री रहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार