देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दशैंको मौकामा प्रहरीलाई प्रतिटिप्पर पाँच हजार दिएर नदीमा अवैध उत्खनन्

0
<p>नेपालफेस</p>

नेपालफेस

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिमा प्रहरी र जनप्रतिनिधिकै मिलेमतोमा नदीमा अवैध दोहन बढेको छ । ढलैयास्थित राप्ती नदीबाट राति–राति बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थ निकालेर बिक्री हुने गरेको छ ।  जिल्लाका एसपी ओम रानादेखि स्थानीय प्रहरीलाई समेत सेटिङ मिलाएर यसरी अवैध चोरी निकासी हुने गरेको छ । दशैंको मौकामा झन् चोरी निकासी दिनानरदिन बढेको श्रोतको दाबी छ ।

फत्तेपुर चौकीका असई जंगबहादुर एमसी तथा डुडुवा गाउँपालिकाको बनकट्टी चौकीका इन्चार्ज सई देवीलाल घर्तीले प्रतिटिप्पर पाँच हजार रपैयाँ लिने गरेका खुलासा भएको छ । व्यापारीहरु अर्जुन बुढाथोकी, पल्टु थारु, प्रदीप पौडेल, हसिब खाँ र गणेश यादबले यस्तो अवैध चोरी निकासी गर्दै आएका हुन् । उनीहरुले गाउँपालिकादेखि जिसस र जिल्लाका प्रहरीलाई समेत सेटिङ मिलाएको स्रोत बताउँछ ।

बाँकेका एसपी ओम रानाले अवैध दोहन गर्नेलाई संरक्षण गरेका छन् । रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको प्रमाणित हुँदा पनि कारबाहीबाट जोगाइएका र एसपी बढुवापछि पनि कास्कीपछि बाँकेमा सरुवा भएका राना प्रहरीभित्र राम्रो छवि भएका अधिकृतमा पर्दैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार