देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दशैंपछि खुलेको धितोपत्र बजार ४१ अंकले उकालो लाग्यो

0

काठमाडौं – दशैंपछि खुलेको धितोपत्र बजारमा पहिलो दिन नेप्से परिसूचकमा उल्लेखनीय सुधार आएको छ । धितोपत्र बजार बुधबार उच्च अंकले उकालो लागेको छ ।

बुधबारको कारोबारमा बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा सुधार आएको हो । बुधबार नेप्से परिसूचक ४१ दशमलव २ अंक बढेर एक हजार ६ सय ४७ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

नेप्से सूचक २.५७ प्रतिशतले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । बुधबार नेप्सेमा कारोबार भएका व्यापार बाहेक सबै कम्पनी समूहको उससूचकमा सुधार आएको छ । बैंकिङ सूचक ४.२७ प्रतिशत अर्थात ५५.१५ अंकले बढेको छ ।

यस्तै, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७, निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, अन्य १४.५७, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युच्युअल फण्ड ०.१३ अंकले बढेको छ ।

यस्तै व्यापार कम्पनी समूहको उपसूचक भने ८.८३ अंकले घटेको छ । यस दिन कुल १८८ कम्पनीको ४२ हजार ६१८ पटकको कारोबारबाट २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार ८५ कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले अहिले लाभांश घोषणा गर्न थालेका छन् ।

अहिले सम्ममा ७ वाणिज्य बैंक सहित ४१ कम्पनीहरुले लाभांश घोषण गरेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश घोषण गरेका कारण पनि बजार सुधारमा टेवा पुगेको हो । बुधबार कारोबारमा आएका तीन कम्पनीहरुको शेयरमुल्यमा पोजेटिभ सर्किट लगेको छ ।

यसदिन प्राइम कर्मशियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । प्राइम कर्मशियल बैंकको शेयरमुल्य सबै भन्दा धेरै ९.९० प्रतिशतले बढेर ३३३ रुपैयाँमा कारोबार भएको छ । यस्तै, नेपाल फाइनान्सको शेयरमुल्य ९.६२ र सिटिजन्स बैंकको शेयरमुल्य ९.५५ प्रतिशतले बढेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार