देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाङमा ट्रयाक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

0

दाङ – दाङमा ट्रयाक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बिहिबार बिहान तुलसिपुर–५ गोदामघर नजिकै रा १ त १४३५ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा तुलसीपुर ७ शिवनगर की १२ वर्षीया विजिता केसीको मृत्यु भएको हो । उनी तुलसी आवासिय मावि कक्षा ८ की विद्यार्थी हुन् ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया मनिषा वलीलाई चोट लागेको छ । ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार